भोलिबाट ३ दिनसम्म देशैभर पानी पर्ने, यस्तो छ मौसमको पूर्वानुमान

<span class='c1'>भोलिबाट ३ दिनसम्म देशैभर पानी</span> <span class='c2'>पर्ने, यस्तो छ मौसमको पूर्वानुमान</span>

काठमाडौं, २५ असार ।  आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औँल्याएको हो ।

आज दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनेछ भने देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाका साथै पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।  त्यसैगरी असार २६ गते (मंगलबार) दिउँसोको समयमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ । साँझ पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनाका साथै देशको पूर्व र पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी असार २७ गते (बुधबार) पनि देशभरि नै सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ । सोही दिन रातको समयमा पनि देशभरि नै बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ । साथै मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा १८.३ मिलिमिटर वर्षा भएको छ । पोखरामा ७०, धनगढीमा १५, डडेल्धुरामा पाँच र ओखलढुङ्गामा तीन मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम २७.८ र न्यूनतम २०.५ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्