प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जना गिरफ्तार

<span class='c1'>प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित</span> <span class='c2'>२५ जना गिरफ्तार</span>

काठमाडौं । प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई गिरफ्तार गरेको छ । सिँहदरबार दक्षिण गेटमा धर्ना दिने क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

गंगामाया अधिकारी र डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने, स्वतन्त्रताविरोधि सरकारका निर्णय तत्काल फिर्ता हुनुपर्ने लगायतका माग राखेर धर्ना दिन पुगेका मानवअधिकारकर्मी पहाडीसहित मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष डा. गंगाधर पराजुली, होमाकान्त चौलागाइँ, कृष्ण कँणेल, रेणुका पौडेल, उत्तम पुडासैनी, बलबहादुर गाहामगर लगायतलाई पक्राउ गरिएको मानवअधिकार तथा शान्ति समाजकि सरिता पौडेलले जानकारी दिइन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरु सबैलाई सिँहदरबार वृत्तमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्