उपकुलपति फिर्ता प्रकरण –पुर्वाञ्चल विश्व बिद्यालय प्राध्यापक संघको बिरोध

<span class='c1'>उपकुलपति फिर्ता प्रकरण –पुर्वाञ्चल विश्व</span> <span class='c2'>बिद्यालय प्राध्यापक संघको बिरोध</span>

विराटनगर, २७ असार ।
नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुल प्रसाद कोइराला माथि गरेको ब्यवहारको पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय कार्यालय बिराटनगरले विरोध जनाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति नरेश कुमार शाहद्धारा जारी विज्ञप्तीमा गत २३ गते विश्वसंस्कृत सम्मेलनमा क्यानाडा जाने क्रममा त्रिभुवन बिमानस्थलबाट प्रकाउ गर्नु गलत भएको तथा शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप हुनु दुःखत भएको जनाईएको छ ।
क्यानाडामा एक सय ११ देशहरुबाट सहभागी हुने विश्वसंस्कृत सम्मेलनले अगामी नेपालमा हुने कार्यक्रमलाई समेत प्रभावित तुलाएको उल्लेख छ । नेपालको तर्फबाट प्रतिनिधित्व गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट क्यानाडा तर्फ प्रस्थान गर्न विमानमा प्रवेश गर्न लागेको वेला नेपाल सरकारले अपमानजनक ढङ्गले नियन्त्रणमा लिई सम्मेलनमा सहभागिहुनबाट वञ्चित गराइएको घटनाले यस संघको गम्भिर ध्यानाकर्षण भएको छ, बिज्ञप्तीमा भनिएको छ ।
यस घटनामा राज्यले गरेको प्रहारले उपकुलपति, विश्वविद्यालय, धर्म–संस्कृति तथा सिंगो प्राज्ञिक क्षेत्रको गरिमामाथि आघात भएको छ । यसबाट पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ तथा बिश्वबिद्यालयका सम्पूर्ण प्राध्यापक जगत सशंकित बनेको समेत जनाईएको छ । लोकतान्त्रिक मुल्य–मान्यतालाई उपहास गर्दै मानविय समवेदना शुन्य व्यवहारले सरकारको चरित्र उदाङ्गो पारेको सभापति नरेश कुमार शाहले बताए । यस घटनाबाट आगामी ई.सं. २०२४मा नेपालमा हुने निश्चित भएको विश्व संस्कृत सम्मेलन हुन नदिई नेपालको मौलिक संस्कृति एवं सम्पदालाई समाप्त पार्ने प्रपञ्च भएको प्राध्यापक संघले बुझेको छ । निज उपकुलपतिलाई अविलम्व उक्त सम्मेलनमा ससम्मान सहभागी गराउने व्यवस्था मिलाई प्राज्ञिक गरिमा र मर्यादा कायम गर्न जोडदार मागगर्दै यस्ता क्रियाकलापहरु पुनःनदोहोर्याउन पुर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ बिराटनगर नेपाल सरकारलाई चेतवनी सहित प्राज्ञिक क्षेत्रलाई सम्मान गर्न समेत अनुरोध गरेको छ ।
विज्ञप्ती यस्तो छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्