विमानमा चीन पुगे रुपसी र भद्र !

<span class='c1'>विमानमा चीन पुगे रुपसी</span> <span class='c2'>र भद्र !</span>

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असार २९ गते । विश्वमै दुर्लभ मानिने एक सिँगे गैडाको एक जोडी बिहीवार चीन पठाइएको छ । चीनबाट आएको विशेष विमान‘युनिट अफ कार्गाे एअरलाइन्स’बाटभद्र र रुपसी नाम दिइएका गैंडा चीन पठाइएको हो ।
गैंडा बोकेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ः५० मा चीनका लागि उडेको थियो । करिब पाँच घण्टाको उडानपछि ती गैँडा चीनको गोन्जाओ पुगेका छन् । गैंडालाई गोन्जाओकै च्याम्बुलुङ सफारी पार्कमा राखिने छ ।
करिब पाँच घण्टाको उडानका लागि गैँडालाई चाहिने खाना, पानी जहाजमै व्यवस्था गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट डार्ट गरेरचीन पु¥याउन्जेलसम्म लाग्ने करिब तीन करोडरुपैयाँचीन सरकारले व्यहोरेको छ ।
भाले गैँडाको नाम ‘भद्र’ राखिएको छ भने पोथी गैँडाको नाम ‘रुपसी’ राखिएको छ । चीन उडाउनु अघि विहिवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलेभद्र र रुपसीलाई नेपालका लागि चिनियाँ राजदूत यु होङलाई हस्तान्तरण गर्नुभएको थियो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले साइटिस निर्यात प्रमाणपत्र, प्रजाति उत्पतिको प्रमाणपत्रसहित भद्र र रुपसीको नालीबेली लेखिएको कागज पनि हस्तान्तरण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले गैँडाकासुन्दर बच्चालाई छिमेकी मुलुक चीनले नासोको रुपमा रक्षा र सुरक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले राजदूत हाङलाई आग्रह गर्नुभयो, यिनलाई राम्रोसँग पाल्नुहोला, हुर्काउनुहोला, हामीले अन्माएका छौँ, नेपाल आज यिनीहरुको माइती भएको छ ।
प्रधानमन्त्री ओलीले गैँडा हस्तान्तरणको विषय सामान्य भएपनि जैविक विविधता संरक्षणमा यसलेदुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो घटनाले विश्व समुदायलाई समेत संरक्षणप्रति सकारात्मक सन्देश दिनेछ ।’
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गैँडा हस्तान्तरणमार्फत नेपाल र चीनबीच वन, वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि साझेदारीको ढोका खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसबाट चीन र नेपाल छिमेकी मात्र होइनन्, संरक्षणका साझेदार पनि हुन भन्ने सन्देश प्रवाह भएको छ ।’
चिनियाँ राजदूत युले गैँडा चीनका लागि महत्वपूर्ण उपहार भएको बताउनुभयो । उहाँले गैंडाको संरक्षण, पालन पोषणमा चीन सरकारले कुनै कमी नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, नेपालका भद्र र रुपसीले आफ्नो नयाँ घर मन पराउने छन्,उनीहरुले नयाँ संसार सुरु गर्नेछन् ।
भद्र र रुपसी राखिने पार्कमा संसारकै दुर्लभ तथा लोपोन्मुख पाँचसय प्रजातिका वन्यजन्तु राखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०७३ साल असारमा सरकारले दुई जोडी गैँडा चीनलाई उपहार दिने निर्णय गरेको थियो । अब अर्काे जोडी गैँडा आगामी वर्ष चीन पठाइने छ । ती गैँडालाई संघाईको संघाई एनिमल पार्कमा राखिने छ ।
चीन पठाइएका गैँडासँगै नेपाली प्राविधिकहरू पनि गएका छन् । ती प्राविधिले दुई महिनासम्म चीनमै बसेर गैडाको आहार विहार, आनीबानीलगायतका विषयमा चिनियाँ प्राविधिकलाई ज्ञान दिएर फर्कने कार्यक्रम छ ।
पछिल्लो गणनाअनुसार नेपालमा गैँडाको संख्या ६४५ छ । नेपालले हालसम्म २६ जोडी गैँडा बिभिन्न मुलुकलाई उपहार दिइसकेको छ । सन् १९८४ मा पहिलो पटक भारतलाई चार गैँडा दिइएको थियोे । त्यसपछि सन् १९८७ मा चार वटा गैँडा अमेरिकालाई दिइएको थियो । त्यसैगरी जर्मनी, बंगालादेश, बेलायत,जापान, अष्ट्रिया, थाइल्याण्ड, बर्मा, पाकिस्तानलाई पनि एक÷एक जोडि गैंडा उपहार प्रदान गरिएको थियो । भारत बाहेक अरु सबै राष्ट्रले ती गैंडा चिडियाखानामा राखेर पालन पोषण गरिरहेको वन मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्