सरकारले ल्याएको नयाँ संरचनाप्रति नर्सको असन्तुष्टि

<span class='c1'>सरकारले ल्याएको नयाँ</span> <span class='c2'>संरचनाप्रति नर्सको असन्तुष्टि</span>

विराटनगर,९ साउन । सरकारले ल्याएको नयाँ संरचनाप्रति नर्सहरूले असन्तुष्टि जनाएका छन् । सरकारले संघीय संरचना कार्यान्वयन गर्नका लागि बनाएको नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयबाट नर्सको दरबन्दी नै हटाएको र नर्सिङ महाशाखा स्वास्थ्य मन्त्रालय अन्तर्गत नभएको भन्दै नर्सहरूले आपत्ति जनाएका हुन् । सरकारले यसअघि स्वास्थ्य मन्त्रालयमा रहेको ११औं तहका दुईजना नर्सको दरबन्दी खारेज गरेको छ ।

यस्तै नर्सहरूको माग सम्बोधनका लागि भन्दै सरकारले स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा बनाएको छ । नर्सिङ क्षमता विकास शाखा बनाई नर्सिङ सेवाको गुणस्तर कायम गर्न र नीति तथा मापदण्ड निर्धारण लगायतका शाखाले गर्ने कार्यहरूको विवरण समेत सार्वजनिक गरेको छ ।

नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोख्रेलले स्वास्थ्य मन्त्रालयमा नर्सहरूलाई अन्याय भएको बताइन् । नर्सहरूले स्वास्थ्य मन्त्रालयअन्तर्गत छुट्टै नर्सिङ महाशाखा हुनुपर्ने माग राखेर आन्दोलन समेत गरेका थिए । सरकारले भने नर्सिङ महाशाखालाई स्वास्थ्य सेवा विभागअन्तर्गत रहने गरी संरचना निर्माण गरेको छ ।उनले स्वास्थ्य मन्त्रालयबाट ११औं तहका नर्सको दरबन्दी खारेज गर्नु र नर्सिङ महाशाखा स्वास्थ्य मन्त्रालयअन्तर्गत नहुनुमा स्वास्थ्य सचिवको चलखेल रहेको आरोप समेत लगाइन् ।नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पौडेलले स्वास्थ्य मन्त्रालयमा रहेको नर्सको दरबन्दी हटाएको र मन्त्रालयअन्तर्गत नर्सिङ महाशाखा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्