कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाइयो, केन्द्रमा अब २२ मन्त्रालय

<span class='c1'>कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय</span> <span class='c2'>फुटाइयो, केन्द्रमा अब २२ मन्त्रालय</span>

काठमाडाैँ, १० साउन ।   पहिलोपटक प्रधानमन्त्री हुँदा विभिन्न मन्त्रालय फुटाएका प्रधानमन्त्री ओलीले पुनः मन्त्रालय फुटाएका छन् । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाउने निर्णय गरेको हो । फुटेका मन्त्रालयको नाम कृषि तथा पशुपंक्षी मन्त्रालय र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय रहने छ । मन्त्रिपरिषदको विहीवारको निर्णयसँगै अब मन्त्रालयको संख्या २२ पुगेको छ । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि तत्कालीन कृषि विकास मन्त्रालयलाई फुटाएर कृषि विकास र पशुपंक्षी विकास गरी अलग अलग मन्त्रालय बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्