डा. केसीको अनसन : ९ बुँदे सहमतिमा पुन समस्या, वार्ता मिलेन

<span class='c1'>डा. केसीको अनसन : ९ बुँदे</span> <span class='c2'>सहमतिमा पुन समस्या, वार्ता मिलेन</span>

काठमाडौं, १० साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटकको अनसनमा रहेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच बिहीवार भएको भनिएको ९ बुँदे सहमतिमा पुन समस्या उत्पन्न भएको छ ।

सरकार र केसी पक्षको वार्ता टोलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बुँदै सहमति भएको भनिएको थियो । सो सहमति पछि २७ दिनदेखि जारी रहेको केसीको अनसन बिहीवार तोडिने भनिएको थियो । तर केसीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बुँदालाई सहमति पत्रमा उल्लेख गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो । केसी पक्षको वार्ता टोलीले बिहीवार अपराह्न त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदामा सरकारी पक्ष सहमत नभएकाले वार्ता भाँडिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्