सामाजिक कार्यमा लागेर नाम कमाउन सफल हास्यकलाकार जोडि धुर्मुस तथा सुन्तली यतिखेर फिल्म निर्माणको तयारीमा लागेका छन् ।फिल्मको केहि दिन अघि मात्र चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।
‘धुर्मुस सुन्तली ले निर्माण गर्न लागेको फिल्मको नाम ‘एन्टीभाइरस’ जुराईएको छ यद्यपी यहि नाम पछि सम्म कायम नहुन पनि सक्ने जनाईएको छ् ।खवर अनुसार यस फिल्मको नायकको लागि प्रदिप खड्कालाई प्रस्ताव गरीएको छ ।
हाँस्यप्रधान कथामा आधारीत हुने फिल्मको यति खेर स्क्रिप्ट लेखनको लागि धुर्मुस दम्पत्ती पोखरामा छन् । फिल्ममा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’,लगायत रहने बताईएको छ ।
धुर्मुसले फिल्म निर्माणको साथै सामाजिक कार्यमा पनि आफ्नो निरन्तरता रहने बताएका छन् ।