त्रिशुलीमा कार खस्याे: एकजनाकाे ज्यान गयाे, दुईजना पाैडिएर बाँचे

<span class='c1'>त्रिशुलीमा कार खस्याे: एकजनाकाे ज्यान</span> <span class='c2'>गयाे, दुईजना पाैडिएर बाँचे</span>

धादिङ, ११ साउन । पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका  वडा नम्बर ६, जरेस्थित सडकबाट एउटा कार शुक्रबार त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको छ ।

धादिङतर्फबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार सडकबाट त्रिशूलीमा खसेको खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नाउव उपरीक्षक रामबहादुर केसीले बताए । त्रिशूलीमा खसेका उनलाई नेपाली सेनाले उद्धार गरी गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।तीन जना सवार कारमा दुई जना भने पौडिएर बाँच्न सफल भएका छन् । दुर्घटनामा कारका चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत घाइते भएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भई त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्