‘बुगी-वुगी’का प्रतिस्पर्धि भुजेल विराटनगर फर्किए, उनको गृहनगरमा यस्तो स्वागत (भिडियाे सहित)

<span class='c1'>‘बुगी-वुगी’का प्रतिस्पर्धि भुजेल विराटनगर फर्किए, उनको</span> <span class='c2'>गृहनगरमा यस्तो स्वागत (भिडियाे सहित)</span>

विराटनगर, १२ साउन । बुगी–वुगी रियालिटी शोका उत्कृष्ट चारका रविन भुजेल आफ्नो गृह विराटनगर आईपुगेका छन् । एपी वान च्यानलले नेपाली संस्करणको ’बुगी वुगी’ संचालन गरेको डान्स रियालिटी शोका उत्कृष्ट चारमा परेका रविन भुजेल शनिबार विराटनगर १६ मा रहेको घरमा आईपुगेका हुन् ।
करिब ८ महिना पछि आफ्नो घर आईपुगेका रविनको स्वगतकालागि आफन्त र गांउलेले भव्य रुपमा फुलमाला र अविर सहित दोसल्ला ओढाएर स्वगत गरेका थिए । रविन भुजेल उत्कृष्ट टप फोरमा परेर पनि जितको अनुभव लिएर विराटनगर आईपुगेका हन् । ८ महिना पछि विराटनगर आएका रविनलाई उनले विराटनगरमा छदा नृत्य सिकाएका भाईबहिनीहरुले घरमा नै भब्य स्वागत गरेका थिए ।
बुगीवुगी फाइनलको अब तीन प्रतिस्पर्धी मात्र बाकी रहेका छन्। रविन उत्कृष्ट चारबाट कम भोटका आधारमा गत हप्ता बाहिरिएका हुन । विराटनगरका भुजेल सानै देखि दुख झेलेर हुर्किएकालएक नृत्यकर्मी हुन् ।
“८ महिना पछि बल्ल बल्ल घर आईपुग् खुसी लागेको छ उनले भने, मेरो आमा, हजुरआमा, आफन्त ईष्टमित्र तथा गाउले विराटनगरबासीसंग आज संगै हुन पांउदा ज्यादै रमाईलो लागेको छ ।’ मेरोलागि बाटो÷बाटोमा बसेर चन्दा संकलन गर्दै भोट गरिदिनको लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् ।
उनले आफ्नो जीवनमा बुगी–वुगी टिम र एपीवान टेलभिजनले नयाँ मोड ल्याइदिएको बताएका छन् । जसले आज सबैले मलाई चिन्छन्,उत्कृष्ट ४ पछि बाहिरिंदा पनि खासै मलाई दुख लागेको छैन । बरु दर्शकको मायालाई अझ उचाइमा पुर्याउनको लागि अब आफूले थप मेहनत गर्नेछु, उनले भने । अब काठमाडौमा नै बसेर नृत्य क्षेत्रमा केही गरेर अगाडी बढ्ने रहर रहेको सुनाए । रविनलाई देश तथा विदेशबाट कार्यक्रमको लागि अफर आइरहेको बताएका छन् ।
रविन भुजेलले नृत्य मार्फत मात्र नभई अभिनय कला मार्फत पनि दर्शकको मन जितेका छन् । आगामी साउन १९ शनिबार बुगी वुगीको फाईनल राउण्डमा पनि रविनले प्रस्तुती दिदैछन् ।

https://youtu.be/mYSJzZVHiTY

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्