प्रहरी जवानले १० हजार लिएपछि

<span class='c1'>प्रहरी जवानले १०</span> <span class='c2'>हजार लिएपछि</span>

काठमाडौं, १३ साउन । अस्थायी प्रहरी पोष्ट नेपालगन्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
सर्वसाधारणले खरिद गरेका सामान ल्याउन सहजता गराइदिने प्रयोजनको लागि १०  हजार घुस माग गरेको भन्ने उजुरीको आधारमा आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
१० हजार घुस वापतको रकम लिईसकेको अवस्थामा उनलाई नेपालगंज उपमहानगरपालिका वडा नम्बर १०  स्थित चौधरी नास्ता पसलबाट आइतबार नियन्त्रणमा लिइएको  निमित्त कार्यालय प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्