बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन रियल जाेडी हुन् । उनीहरू एउटै फिल्ममा नदेखिएकाे अाठ वर्ष भइसक्याे ।
उनीहरूले अाठ वर्ष अगाडी फिल्म रावणमा संगै देखिएका थिए । फिल्म फ्लप भएपछि कुनै निर्माताले उनीहरूलार्इ एकसाथ लिने अांट गरेनन् । श्रीमान श्रीमतीलार्इ एउटै फिल्ममा जाेडीका रूपमा खेलाउँदा दर्शककाे क्रेज घट्ने निर्माताहरूकाे साेचाइका कारण पनि यस्ताे भएकाे हुनसक्छ ।
तर्, अब भने उनीहरू एउटै फिल्ममा देखिने भएका छन् । फिल्म ‘गुलाब जामुन’ मा अाफूहरूले एकसाथ काम गर्न लागेकाे ऐश्वर्याले बताएकी छिन् ।
उनले भनिन् - ‘हामी आठ वर्षपछि सँगै फिल्म खेल्दैछौं र दुबैजना निकै उत्साहित छौं’ । याे फिल्मलार्इ दर्शकले कतिकाे साथ दिन्छन् त्याे त थाहा भइनै हाल्छ ।