झापाको यातायात कार्यालयमा घुसको यस्तो खेल !!

<span class='c1'>झापाको यातायात कार्यालयमा घुसको</span> <span class='c2'>यस्तो खेल !!</span>

झापा । ट्याक्टरको ट्रलीजडान गर्न १८ हजार रुपैयाँ घुस रकम लिएका झापाको बिर्तामोडस्थीत यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले आफ्नो कर्तुत लुकाउन अर्को नयाँ नाटक मञ्चन गरेका छन् ।

लेखा शाखाका कर्मचारीद्वय कल्पना न्यौपाने र नारायण प्रसाद दुलालले मंगलबार घुसबापत लिएको रकम अनावश्यक शिर्षक राखी जरिवाना भन्दै राजश्वमा दाखिला गरेका छन् ।

दमकस्थीत ग्लोबल अटो सेन्टर र प्यासिफक इन्टरप्राइजेजले नामसारी र ट्रली जडान गर्न लगेका ४ वटा ट्रयाक्टरमा लेखाशाखाका कर्मचारीले १८ हजार रुपैयाँ घुस लिएको प्रमाणसहितको रिपोर्ट हामीले अघिल्लो कार्यक्रममा प्रशारण गरेका थियौं । विभिन्न सोरुमका कर्मचारीको मिलेमक्तोमा विगत लामो सयमदेखि निक्कै व्यवस्थित र प्रक्रिया पुराएर हुने गरेको घुस लेनदेनको पर्दापास गरेपछि कर्मचारीले नयां नियम बनाएका हुन ।

गत मंगलबार इन्टरप्राइजेजकी कर्मचारी रुबिना थापाले आर्थिक वर्षको बक्यौताबापत चारवटा ट्रयाक्टरको २ हजार दाखिला गरेकी थिएन् । कर्मचारीले अटो सेन्टरको नविकरण नगरेको र ट्रयाक्टरको प्राविधीक चेकजाँच बहाना देखाउन थालेपछि रुबिनाले घुसबापत कार्यालयका कर्मचारीलाई रकम दिएकी थिइन् ।

मेकानिकल सुपरभाइजर श्रीधर खड्काले ४ हजार र लेखाशाखाकी अधिकृत कल्पना न्यौपानेले १८ हजार रुपैयाँ लिएका थिए । कर्मचारीले घुस लिएको रिर्पोट प्रशारण भएलगत्तै चारवटा ट्रयाक्टरको सम्पूर्ण प्रक्रिया सक्न कर्मचारीले नै ३२ हजार रुपैयाँ खर्च गरेर राजश्व दाखिला गरेका छन् ।

घुस खाएको रकम राजश्वमा दाखिला भएको देखाउन कर्मचारीले ट्रली जडानका लागि पूर्व स्वीकृत नलिए बापत ४ हजार ५ सयका दरले ४ वटा ट्रयाक्टरमा जरिवाना काटेका छन् । ऐनअनुसार आफ्नो क्षेत्राधिकार एकहजार देखि ५ हजारसम्म जरिवान काट्ने अधिकारी भएको भन्दै घुसबापत लिएको रकम राजश्वमा दाखिला भएको देखाउन उनीहरुले मनलाग्दी जरिवाना काटेका हुन् । जबकी कार्यालयले हालसम्म कुनैपनि ट्रयाक्टरको ट्रली जडानका लागि पूर्व स्वीकृत नलिएको शिर्षकमा जरिवानाबापत रकम उठाएको देखिदैन ।

असोककुमार थापाले सञ्चालन गरेको अटो सेन्टर नविकरण गर्न पटकपटक यातायात व्यवस्था कार्यालयलाई आग्रह गरेपनि कार्यालयका कर्मचारीले विभिन्न बहाना देखाएका थिए । कर्मचारीलाई नै घुस नदिएकै कारण आफ्नो सेन्टर नविकरण नभएको र अहिले आफुले नै सुन्दै नसुनेको जरिवाना कर्मचारीले काटेको थापाले बताए ।

कार्यालयका निमिक्त प्रमुख टंकबहादुर कार्कीले घुस काण्डका विषयमा आफुले विभागमा जानकारी गराएको र यसका विषयमा कर्मचारीलाई स्प्रष्टीकरण सोधेर आवश्यक प्रक्रियामा जाने जवाफ दिए ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्