शैक्षिक भ्रमण गएका तीन बालक सोलुखुम्बुमा तालमा डुबेर बेपत्ता

<span class='c1'>शैक्षिक भ्रमण गएका तीन बालक</span> <span class='c2'>सोलुखुम्बुमा तालमा डुबेर बेपत्ता</span>

सोलुखुम्बु, १९ साउन । सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका-४ स्थित गोकियो तालमा पौडी खेल्ने क्रममा तीन जना विद्यार्थी डुबेर बेपत्ता भएका छन् ।

स्थानीय खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएका खुम्जुङ गाउँपालिका-५ बस्ने वर्ष १७ को पेम्बा दोर्जे शेर्पा, वर्ष १६ को पेम्बा नुरु शेर्पा र  सुनिल बराईली तालमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएके छ । शनिबार बिहान १०:४५ बजे देखि नै बेपत्ता किशोरहरुको  स्थानीय गाउँले र प्रहरीको टोली मिलेर खोज तलाश कार्य भईरहेको प्रहरी चौकी खुम्जुङले जनाएको छ । उक्त विद्यालयका शिक्षक छुङजिङ दोर्जे शेर्पा, रन्जित बल र १ जना कार्यालय सहयोगी सहित कक्षा  ९ मा  अध्ययनरत ३२ जना बिद्यार्थीहरु शुक्रबार शैक्षिक भ्रमणमा गोकियो ताल अवलोकन गर्न गएका थिए ।+

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्