विराटनगरवाट लागूऔषध सहित तिन जना पक्राउ

<span class='c1'>विराटनगरवाट लागूऔषध सहित</span> <span class='c2'>तिन जना पक्राउ</span>

विराटनगर, १९ साउन । मोरङ जिल्लाको विभिन्न स्थानबाट शनिबार लागूऔषध सहित २  जना पक्राउ परेका छन ।  विराटनगर महानगरपालिका-१५ स्थित विराटनगर भन्सार कार्यालयको ढाट नजिकैबाट प्रहरीले लागूऔषध टिडिजेसिक सहित सुनसरी वराह नगरपालिका-१ बस्ने वर्ष १७ को प्रविण विश्वकर्मालाई पक्राउ गरेको  छ । चेकजाँचका क्रममा विश्वकर्माको साथबाट लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल, डाईजेल्याप ९ एम्पुल र फेनारगन ९ एम्पुल बरामद भएको सिमा प्रहरी चौकी रानीले जनाएको छ । विश्वकर्मालाई बरामद लागूऔषध सहित थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।

यसैगरी सुनवर्षी नगरपालिका-८ हर्षनगढी स्थित सिक्टी-डाईनिया भित्रि सडक खण्डबाट प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट निस्केको गस्ती टोलीले को १३ प ६६८ नम्बरको मोटरसाइकलमा सवार रहेका मोरङ रतुवामाई नगरपालिका-५ बस्ने वर्ष २१ को कपिल कुमार राय र सोही स्थान बस्ने वर्ष  १७ को धर्मदेव ऋषिदेवको साथबाट १५ पिस लागूऔषध नाइट्रोसन ट्याब्लेट र ५ ग्राम गाँजा बरामद गरेको हो । दुबै जनालाई बरामद लागूऔषध र मोटरसाइकल सहित अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्