१९९४ मा विश्वसुन्दरी ऐश्वर्याको विवाद, सलमानको थप्पडदेखि सुभाष घईसँग सेक्ससम्म स्क्याण्डल

<span class='c1'>१९९४ मा विश्वसुन्दरी ऐश्वर्याको विवाद, सलमानको</span> <span class='c2'>थप्पडदेखि सुभाष घईसँग सेक्ससम्म स्क्याण्डल</span>

‘ब्यूटी विथ ब्रेन’को उपमा बलिउड अभिनेत्री ऐश्वर्या रायलाई जति कसलाई सुहाउला ? १९९४ की विश्व सुन्दरी अहिले ४४ को उमेरमा हिँडिरहँदा पनि उत्तिकै राम्री लाग्छिन् ।
कमैलाई थाहा हुन सक्छ बलिउड अभिनेत्री ऐश्वर्या रायले आफ्नो करिअरको सुरुवात तामिल फिल्मबाट गरेकी थिइन् । १९९७ मा मणिरत्नम निर्देशित फिल्म ‘इरुवर’बाट उनले डेब्यू गरेकी हुन् । यो फिल्ममा उनको आवाज अरुले नै डब गरेका थिए । फिल्ममा आउनुभन्दा अगाडि नै प्रख्यात बनिसकेकी थिइन् ऐश्वर्या । १९९४ मा विश्वसुन्दरी घोषित भएपछि उनको चर्चा उचाईमा पुगेको थियो । उनलाई फिल्मको अफरहरु ओइरिन थालिसकेका थिए ।
ऐश्वर्याले बलिउड डेब्यू भने ‘और प्यार हो गया’ बाट गरिन् । बबी देवलको अपोजिटमा थिइन् उनी । फिल्म फ्लप भयो । त्यसपछि सफल फिल्मका लागि उनले ‘हम दिल दे चुके सनम’ सम्म पर्खिनुप¥यो ।
‘हम दिल दे चुके सनम’ भने ऐश्वर्याका लागि टर्निङ प्वाइन्ट बन्यो । फिल्म सुपरहिट हुनुका साथै ऐश्वर्याको अभिनयको पनि प्रशंसा भयो । त्यसपछि उनले सुभाष घईको फिल्म ‘ताल’ बाट बलिउडमा आफ्नो स्थान थप मजबुत बनाइन् ।
ऐश्वर्यालाई भारतकी हाइप्रोफाइल सेलिब्रिटीमा गनिन्छ । बच्चन खानदानकी बुहारी बनेपछि उनको प्रोफाइल अझै बढेको देखिन्छ । यद्यपि, उनका पति अभिषेक बच्चनको फिल्मी करिअर भने खासै उँभो लाग्न सकेन ।
अभिषेक भन्दा अगाडि ऐश्वर्याको सलमान खान र विवेक ओबरायसँग अफेयर थियो । सलमानसँगको प्रेम पछि दुश्मनीमा परिणत भयो । १९९९ मा ऐश्वर्या र सलमानबीच डेट सुरु भएको थियो । तर, २००१ मा उनीहरु अलग भए । त्यतिबेला सलमानले आफूलाई गालीगलौज गरेको र थप्पडसमेत हानेको ऐश्वर्याको आरोप छ । पछि उनले करिश्मा कपुरसँग ईंङ्गेजमेन्टसमेत गरिसकेको अभिषेकलाई आफ्नो जीवनसाथी बनाइन् ।
विवाहपछि भने ऐश्वर्याको फिल्मी करिअरमा उथलपुथल आयो । विवाह लगत्तै छोरी पाएपछि उनी लामो समय फिल्मबाट टाढा रहिन् । उनले विवाह अघि नै अभिनय गरेको फिल्म ‘धुम २’ उनको विवाहपछि रिलिज भएको थियो । यो फिल्ममा उनले ऋतिक रोसनसँग हट किस सिन दिएकी थिइन् । ससुरा अमिताभ बच्चन र श्रीमान् यसबाट असन्तुष्ट बनेका थिए र यो सिन हटाउन फिल्म निर्मातालाई दवाव दिएका थिए ।
विवाहपछि उनले अभिनय गरेको फिल्म ‘ये दिल है मुश्किल’ पनि यस्तै विवादमा फस्यो । यो फिल्ममा पनि उनले रणवीर कपुरसँग हट सिनहरु दिएकी थिइन् । जसले गर्दा सासु जया बच्चन उनीसँग क्रोधित बनेकी थिइन् । फिल्मको स्क्रिनिङमा बच्चन परिवारका कोही पनि सहभागी भएनन् । त्यसो त सासु जयासँग ऐश्वर्याको सम्वन्ध कहिल्यै सुमधुर रहेन । एक समय उनी सासु–ससुरासँग अलग्गिएर बस्न थालेको चर्चासमेत चलेको थियो ।
विवाहपछि पनि ऐश्वर्याले फिल्म खेलेको जयालाई मन परेको छैन । तर, ससुरा अमिताभले भने ऐश्वर्यालाई साथ दिएका छन् । ऐश्वर्याको जन्म कर्नाटकमा भएको थियो । उनका बाबु कृष्णराज समुद्री जीवविज्ञ थिए । उनकी आमा बृन्दा भने गृहणी हुन् । उनका भाई आदित्य इन्जिनियर हुन् ।

ऐश्वर्याको परिवार कर्नाटकबाट मुम्बईमा आयो जहाँ उनले आर्य विद्या मन्दिर हाई स्कुलमा पढिन् । उनले १२ कक्षाको पढाई जय हिन्द कलेजबाट गरिन् । त्यसपछि डीजी रुपारेल कलेज ज्वाइन्ट गरिन् जहाँ उनले एचएससी परिक्षामा ९० प्रतिशत अंक ल्याएकी थिइन् । ऐश्वर्याले अभिनय गरेको फिल्म ‘देवदास’ फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिबलमा देखाइएको थियो भने यसलाई टाइम म्यागजिनले यस शहस्राब्दीको १० सर्वश्रेष्ठ फिल्ममा राखेको थियो । भारतमा यस फिल्मले १० विधामा फिल्म फेयर पुरस्कार जितेको थियो । ऐश्वर्याले आफ्नो करिअरमा कयौं फ्लप फिल्महरु पनि दिएकी छन् । हाल उनको फिल्म फन्ने खाँ प्रदर्शनमा आएको छ । यो फिल्ममा उनको गतिलो भूमिका भने छैन । एउटा फिल्मबाट करिब ९(१० करोड पारिश्रमिक लिने ऐश्वर्यासँग अहिले २२ करोड भारुभन्दा बढिको सम्पत्ति भएको अनुमान गरिन्छ ।
१९९६ मा ऐश्वर्याले प्रख्यात म्यागजिन ‘स्टार एन्ड स्टाइल’ विरुद्ध २० करोड भारुको मानहानी मुद्दा हालेकी थिइन् । उक्त म्यागजिनले ऐश्वर्या र अक्षयकुमारलाई एउटा फाइभ स्टार होटलको स्वीमिङ पुलमा आपत्तिजनक अवस्थामा रहेको तस्वीर प्रकाशित गरेको थियो । सन् २००५ मा अभिनेता शक्ति कपुरले सुभाष घईको फिल्ममा काम पाउनका लागि ऐश्वर्याले यौन सम्वन्धको सहारा लिएको दावी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्