विराटनगरका ब्यापारीकाे पहलमा प्रधानमन्त्रीसँग भेट, कार्यदल बनाउन सहमत

<span class='c1'>विराटनगरका ब्यापारीकाे पहलमा प्रधानमन्त्रीसँग</span> <span class='c2'>भेट, कार्यदल बनाउन सहमत</span>

विराटनगर, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका समस्या क्रमिक रुपमा समाधान गर्दै  जाने बताएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ सहितका व्यापारिक प्रतिष्ठानहरुसँगको छलफल पछि शनिवार प्रधानमन्त्री ओलीले सबै समस्या सामधन गर्दै लैजाने बताएका हुन् । तत्कालीन र दीर्घकालीन रुपमा समस्या सामधान गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका प्रधानमन्त्री ओलीले निजी क्षेत्रले अत्तालिने  अवस्था नरहेको बताए । ओलीले निजी क्षेत्रसँग असल साझेदारको रुपमा काम अघि बढाउन कार्यदल बनाउने घोषणा गरे । सो कार्यदलमा उद्योग संगठन मोरङ  र मोरङ व्यापार संघका अध्यक्षको नेतृत्वमा बढीमा ५ जना सदस्य रहेको कार्यदल बनाउने घोषणा गरेका हुन् ।

उक्त कार्यदलले सबै समस्या समाधानका लागि गर्नु पर्ने विवरण पेश गरेपछि भएका समस्याहरुको निराकरण गर्ने कार्य गरी सुझाव प्रतिवेदन तयार पार्ने छ ।  शनिवार भएको कार्यक्रममा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघसहित इटहरी, झापा, भद्रपुर, दमक, विरगन्ज, भैरहवा, नेपालगन्ज, बुटवल, ताप्लेजुंङ, धनकुटा, पाँचथर लगायत विभिन्न जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी थिए ।

प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सात जना मन्त्रीहरुको उपस्थितिमा मोरङ ब्यपार संघका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी ब्यवसायीहरुको तर्फबाट संयुक्त रुपमा तयार पारिएको उद्योगी ब्यवसायीहरुको समस्या, सुझाव र अपेक्षा सम्बन्धी प्रस्तुति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्