दाजुभाइको विवादमा छुरा प्रहार हुँदा बाबुको मृत्यु

<span class='c1'>दाजुभाइको विवादमा छुरा प्रहार</span> <span class='c2'>हुँदा बाबुको मृत्यु</span>

धनुषा, १९  साउन ।  दाजुभाइबीचको विवादमा छुरा प्रहार हुँदा बुवाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १९ बेंगाशिवपुरका ५० वर्षका रामवृक्ष यादवको छुरा प्रहारबाट ज्यान गएको हो । त्यस्तै छुरा प्रहारबाट उहाँका छोरा २८ वर्षका रामसोगारथ यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते रामसोगारथलाई उपचारको लागि काठमाडौं रेफर गरिएको छ । आइतबार राति रामवृक्ष यादवका दाजुभाइबीचको विवादमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार दाजुभाइमध्ये एकले छुरा चलाएको भए पनि कसले हान्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्