मेची राजमार्ग किनारमा काँक्राको व्यापार, आम्दानी मनग्गे !

<span class='c1'>मेची राजमार्ग किनारमा काँक्राको</span> <span class='c2'>व्यापार, आम्दानी मनग्गे !</span>

इलाम । इलाममा मेची राजमार्गको किनारमा काँक्राको व्यापार गरेर किसानले राम्रो आम्दानी गरिरहेका छन् । मेची राजमार्गको रोङको कुटीडाँडा सूर्योदय नगरपालिकाको तिनघरे, भालुखोप, इलाम नगरपालिकाको गोदक लगायतका ठाउँमा सडक किनारामा काँक्राको मात्र हैन तरकारीको राम्रो व्यापार हुने गरेको छ ।

विगत ६÷७ वर्ष अघिदेखि ब्यवसायिक रुपमा गरिदै आएको काक्रा खेतिमा लागेका किसानहरुलाई हालसम्म सरकारी निकायबाट कुनै सहयोग नभएको भएपनि यस वर्ष गाउँमा राम्रो काँक्रा उत्पादन भएको छ । जेठको पहिलो साताबाट उत्पादन हुने काँक्रा व्यापारीहरुले चारआली, काँकडभिट्टा, बिर्तामोड र भारतको नक्सालबाडीसम्म विक्री हुने गरेको छ ।
अहिले मौसमले साथ दिएकोले काँक्राको खेति राम्रो भएको व्यापारीहरु घरसम्म अएर लाने गरेका भए पनि बाटो किनारमा काँक्राको व्यापर राम्रो भएको सूर्योदय नगरपालिका ११ की बविता खतिवडा बताउछिन् ।

किसानहरुले दैनिक ३ हजार देखि ६ हजारसम्म काँक्राको व्यापार गर्ने गरेका छन् । इलाम घुम्न आउने तथा झापाबाट इलाम आएर फर्कने यात्रुले धेरै काँक्रा किनेर लाने गरेको छन् । इलामममा फ्यामिली टुर आउने यात्रुले धेरै काँक्रा किनेर लागने गरेको सूयोदय नगरपालिकाकी मिरा राई बताउँछिन् ।

किसानहरुले स्थानीय जातको काली काँक्रोलाई आफ्नै तरिकाले सुधार गरेर खेति गर्दा एक किसानले साप्ताहिक रुपमा आठ सय वटाभन्दा धेरै काँक्रा उत्पादन गर्ने गरेका छन् । आफ्नै बारीमा रहेको बाँसको प्रयोग गरी मचान बनाएर बेर्ना तयार गरेर रोपिने गरेको काँक्राको खेतिमा समस्या आउन थालेको भएपनि हालसम्म इलामा काँक्राको खेती राम्रो भएको छ ।

कृषिप्रधान मुलुकमा किसानले केही गर्छौ भनेर जुर्मुराएको बेलामा सरकारी पक्ष र कृषी क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थाहरुले प्राविधिक र प्रर्वधानात्मक कार्य गर्न सके आर्थिक समृद्धिको सपना पुरा हुने अपेक्षा रहेको किसानहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्