बेलबारीका एक युवाको प्रशंसनीय कार्य : जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

<span class='c1'>बेलबारीका एक युवाको प्रशंसनीय कार्य</span> <span class='c2'>: जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री</span>

बेलबारी । जन्मदिनमा हुने फजुल खर्च कटाएर बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरी बेलबारी ३ का पेरिस सुवेदीले सकरात्मक सन्देश प्रवाह गरेका छन । बेलबारी १ मा रहेको शहिद स्मृति आधारभुत बिद्यालयका ५५ जना बिद्यार्थीहरुलाई कापी बितरण र खाजा खुवाएर उनले आफनो १८ औँ बार्षिकोत्सव मनाएका हुन । सोमबार उनले बिद्यालयमा पुगेर बिद्यार्थीहरु सँगै आफनो जन्मदिन मनाए । बिभिन्न सामाजिक गतिबिधिहरुमा क्रियाशिल उनले मिष्टर एसएलसीको ताज समेत जितिसकेका छन । लायन्स लगायतका संस्थाहरुमा आबद्ध भएर उनी बिराटनगरमा क्रियाशिल छन भने बिभिन्न सामाजिक संघसंस्थाहरुरुमा आबद्ध भएर उनी समाजसेवा गरिरहेका छन । जन्मदिनको अबसरमा आयोजित शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाईले उनको यो सकरात्मक कामबाट अरुले पनि सिक्नुपर्ने र फजुल खर्च कटाएर यसैगरी उत्प्रेरक काम गर्नुपर्ने बताए । कार्यक्रममा सामाजिक अभियन्ता सुमि थापा,बिद्यालयका पुर्वअध्यक्ष भक्तसेर लिम्बु लगायतले उनको कामबाट अरुले पनि सिक्नु जरुरी रहेको बताए । सुवेदीले यसअघिका जन्मदिनमा समेत बिभिन्न सामाजिक काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्