मोरङ, साउन २६ गते ।
मोरङ जिल्लाको केराबारी गाउँपालिका-८ स्थित खदम खोला र लेटाङ नगरपालिका-६ स्थित चिसाङ खोलाबाट नदीजन्य पदार्थ दोहन गर्ने ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको गस्ती टोलीले साउन २४ गते बिहिबार साँझ ६ बजे केराबारी-८ स्थित खदम खोलाबाट गिट्टी निकाल्दै गरेको अवस्थामा को १ ख ६१११ नम्बरको टिपर र को १ क १६२४ नम्बरको जेसिबिलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय लेटाङको टोलीले शुक्रबार बिहान लेटाङ-६ स्थित चिसाङ खोलाबाट अवैध रुपमा बालुवा निकाल्दै गरेको को २ त ३०९९ नम्बरको ट्याक्टर र लेटाङ-८ स्थित तेली खोलाबाट को २ त ७१७४ नम्बरको ट्याक्टरलाई ढुंगा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिईएको छ ।
नियन्त्रणमा लिईएको सवारी साधनहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङमा पठाईएको छ ।