सिरहाको गोलबजारमा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु

<span class='c1'>सिरहाको गोलबजारमा पोखरीमा डुबेर</span> <span class='c2'>आज एक वृद्धको मृत्यु</span>

लहान । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिए ।

सदाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्