सिंहदरबारभित्र उपसचिव ‘कुटिएसँगै तोडफोड

<span class='c1'>सिंहदरबारभित्र  उपसचिव</span> <span class='c2'>‘कुटिएसँगै तोडफोड</span>

काठमाडौं,२९ साउन । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएसँगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि कुर्सी उचालेर हान्न खोजियो ।घटनाका प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाएका थिए । यसले गर्दा दिउँसो करिब ३ बजेतिर मन्त्रालयमा निकै कोलाहल मच्चिएको थियो । कर्मचारीहरू भागाभाग गर्न थालेपछि प्रहरी पनि आइपुगेका थिए ।

मन्त्रालयका अनुसार भण्डारीले शाखा अधिकृतको पोष्टिङ सच्याउन मन्त्रालयलाई दबाब दिँदै आएका थिए । मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएकोको थियो । उनले  चिठी बुझेका थिएनन् ।

ती कर्मचारीले सुरुमा डोल्पा जाने इच्छा देखाएका थिए । तर, पछि उनले जुम्ला नजाने इच्छा देखाएका थिए । गिरीलाई जुम्ला खटाउन भण्डारीले दबाब दिएको बताइएको छ । खटाइसकेका कर्मचारीलाई जुम्ला खटाउन नसकिने अडान मन्त्रालयले राखेपछि आचार्यमाथि आक्रमण भएको बताइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्