संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गयो

<span class='c1'>संखुवासभामा भरुवा बन्दुकले लागेर</span> <span class='c2'>एक जनाको ज्यान गयो</span>

खाँदबारी । संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गएको छ । आफ्नै भाई २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई ताकेर हानेको गोलीले लाग्दा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । भाई रत्नबहादुर र उनका दाई आइतबार राति शिकार खेल्न निस्केका थिए ।

उनिहरु स्थानीय फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए । मृगकोलागि चलाएको गोली उनको दाईको निधारमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक,, ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको १० वटा टुक्रा, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान गरीने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्