बिराटनगर भदौ ८ । फ्राइडे रिलिज अन्तरगत यो शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘नाइँ न भन्नु ल–५’ र ‘रेनी’ आज एकै साथ रिलिज भएका हुन् ।
चलचित्र ‘नाई न भन्नु ल–५’ ले १२५ वटा हल पाएको निर्देशक विकास आचार्यले बताएका छन् । चलचित्रका निर्माता पनि नर्देशक स्वयम् हुन् ।
चलचित्रमा अनुभव रेग्मीसँगै सेड्रिना शर्मा, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारि, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
गिरिस रिजालको निर्देशन ‘रेनी’ मा नव नायिका सनम मल्लले डेव्यू गरेकी छन् । लभ स्टोरी चलचित्र रेनीमा सरोज खनाल, दिपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साललगायतका कलाकारको अभिनय छ । चलचित्रलाई बिमला मल्ल र संजीव मल्लले निर्माण गरेका हुन् ।