बिराटनगर भदौ ११ , मोरङ कटहरीमा उद्योग रहेको देवनारा समुहबाट संचालित सिद्ध बाबा गुड हेल्थ सूर्यमुखी तेलको ब्राण्ड एम्बेस्डरमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) चयन भएका छन् ।
आउदो ५ बर्षसम्म मह जोडीले उक्त ब्राण्डको प्रमोसन गर्ने भएका छन् । नेपालमा सर्वाधिक लोकप्रिय मानिएका मह जोडीलाई ब्राण्ड एम्बेस्डरमा राख्न पाउदा गौरब महशुस गरेको संचालक दिपक मुन्दडाले बताए।