इनरुवाबाट वनभोजका लागि नमस्ते झर्ना गएको बस दुर्घटना , १७ जना घाइते

<span class='c1'>इनरुवाबाट वनभोजका लागि नमस्ते झर्ना गएको</span> <span class='c2'>बस दुर्घटना , १७ जना घाइते</span>

धनकुटा भदौ १३,  कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड अन्र्तगत साँगुरीगढी गाउँपालिका-६ कोल्बोटेमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। सुनसरीको इनरुवाबाट वनभोजका लागि नमस्ते झर्नातर्फ आइरहेको को १ ख ३५८३ नम्बरको भगवती ट्राभलको बस ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका असई केशबबहादुर भुजेलले बताए।

घाइते सबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्