विराटनगरमा रहेकाे जिल्ला कारागार भित्र चौकीदारको निर्देशनमा कैदीलाई यातना

<span class='c1'>विराटनगरमा रहेकाे जिल्ला कारागार भित्र</span> <span class='c2'>चौकीदारको निर्देशनमा कैदीलाई यातना</span>

विराटनगर, १४ भदौ ।
विराटनगरमा रहेको जिल्ला कारागार मोरङमा चौकदारको निर्देशनमा कैदीलाई यातना दिने गरेको पाईएका छ । चौकीदार राजु श्रेष्ठको निर्देशनमा विराटनगर १३ का निवेश भुजेललाई यातना दिएको पाईएको हो । श्रेष्ठले भने अनुसारको रकम बुझाउन नसक्दा र उनलाई खुसी नपार्दा कैदीलाई यातना दिने गरेको भुजेलको आरोप छ। साढे तीन महिना कैद भुक्तान गरेर बाहिर आएको भुजेलको शरीरभरी चोटैचोट छ।मैले कुटाई नखाएको दिनै थिएन, कारागारलाई मैले सुधारगृहको रुपमा लिएको थिएँ, उनले भने, तर त्यहाँ त्यस्तो रहेनछ। चौकीदार श्रेष्ठलाई रिजाउन नसक्दा उनकै निर्देशनमा भाई नाईकेले कुटपिट गर्ने गरेको उनले सुनाए । यसरी चौकीदार श्रेष्ठबाट उनीमात्र हैन थुप्रै पकैदीहरु पीडित रहेको कारागार श्रोत बताउँछ । कारागार भित्रैका अन्य एक कैदीले भने, ’चौकीदारले घरबाट पैसा माग्न लगाउँछ, घर र आफन्तले ल्याईदिएको पैसा श्रेष्ठलाई नदिए लोट हुन्जेल कुट्ने गर्छ ।’ कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरी दुई दिन अघि मात्रै बाहिर आएका कैदीले पनि चौकीदारले कुट्ने गरेको बताए । ‘घर जाने अघिल्लो दिन म सँग पैसा माग्यो । म सँग थिएन, उनले भने, चौकीदारको निर्देशनमा पाईपै पाईपले कुटे ।’ यसरी चौकीदारको हातबाट कुटाई खाने आफुमात्र नभएको बताएका छन् । कतिको हात समेत कुटाईबाट फ्याक्चर भएको छ । चौकीदार श्रेष्ठ अपहण मुद्दामा जेल परेका हुन । यस अघि चौकीदार रहेका अभिषेक गिरीलाई काठमाडौँको कारागारमासरुवा गरिएपछि श्रेष्ठ करिब ४ महिना देखि चौकीदारको रुपमा रहेका छन् ।
कारागारका जेलर भिम राजपोखरेलले चौकीदारको बारेमा कैदीका आफन्तबाट गुनासो आएको बताए । यस बारेमा आफुले अनुसन्धान गर्नेकाम गर्दै आएको सुनाए । अनुसन्धानबाट दोषी देखिएको प्रमुख जिल्ला अधिकारीको सल्लाहमा प्रक्रिया अगाडी बढाईने जानकारी दिए । मोरङ प्रमुख जिल्ला अधिकारी रमेश केसीले कारागारमा समस्या आएको जानकारीमा आएकोले त्यस बिषयमा अध्यययन गरेर कार्वाही प्रक्रिया अगाडी बढार्ईने बताए । ब्लाष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्