यसरी भयो विराटचोकमा दिउसै फिल्म शैलीमा पेस्तोल देखाएर लुटपाट !

<span class='c1'>यसरी भयो विराटचोकमा दिउसै फिल्म</span> <span class='c2'>शैलीमा पेस्तोल देखाएर लुटपाट !</span>

विराटनगर  भदौ १५।   मोरङको विराटचोकमा हतियार सहित आएका लुटेराले शुक्रवार दिउँशै फिल्मशैलीमा लुटपाट गरेका छन् । सुन लुटेर भाग्दै गरेका लुटेरालाई स्थानीय वासिन्दाहरुले पक्राउ गरेका छन् ।
विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा दिउँसो करिब १२ बजेतिर पेस्तोल देखाउँदै ब्रासलेट लुटेका थिए । स्थानीय छत्रबहादुर न्यौपानेको सुन पसलमा पेस्तोल देखाउँदै ९.७७ ग्रामको ब्रास लुटेर भाग्दै गर्दा स्थानीयहरुले करिब पाँचसय मीटर लखेटेर पक्राउ गरेका थिए ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राई घटना स्थलमा पुगेका थिए । प्रहरीले लुटेरालाई घटना स्थलबाटै नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने लुटेरा भोजपुर दिङ्ला २ घर भई हाल धरान घर बताउने गोपाल दाहाल(वि.क.) रहेको प्रहरी निरीक्षक राईले बताए । पक्राउ परेका विकबाट ७.६ एमएमको राउण्ड लाग्ने एक थान स्वचालित पेस्तोल र ब्रासलेट बरामद गरेको छ । घटना बारे थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्