विराटनगरमा निस्कने ऐतिहासिक रथयात्राको यस्ताे तयारी (भिडीयो रिर्पाट सहित….)

<span class='c1'>विराटनगरमा निस्कने ऐतिहासिक रथयात्राको यस्ताे</span> <span class='c2'>तयारी (भिडीयो रिर्पाट सहित….)</span>

प्रेम देवान
विराटनगर १६ भदौ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारीको काम यतिबेला धमाधम भईरहेको छ ।
ऐतिहासिक एव धार्मिक महत्व बोकेको राधाकृष्ण रथ यात्राको अहिले सबै उपसमितीहरु आ– आफ्नो जिम्मेवारी बहन गरेर काम गरिरहेका छन् । आगामी भदौ १८ सोमाबार दिन रथयात्रा निकालीदै छ ।
पेगोडा शैलीमा रहेको रथको लम्बाई २२ फिट , चौडाई १४ फिट, र उचाई १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाईका दाया बाया पट्टि फैलिएका लठ्ठा डोरी राखिने भएको छ । यतिबेला रथलाई सफासुग्घर बनाएर रङ्गरोगनको लागी कामदारहरु खटिरहेका छन् ।
विराटनगरमा यसपाली निकाल्न लागिएको ५१ औं संस्करणको रथयात्राको तयारी, सुरक्षा परिचालन, रथको तयारी र रथयात्रा निकालेपछि निस्कीको फोहोरमैलाको व्यावस्थापन कसरी भईरहेको छ भन्ने विषयमा स्थलगत भिडीयो रिर्पोट तयार पारेको छौ । हेर्नुहोस भिडीयो रिर्पाट ः

[embed]https://youtu.be/WBElVi_vnwc[/embed]

विस १९८८ सालदेखि खटयात्राबाट सुरुभएको युगल जोडी भगवान राधाकृष्ण रथयात्रा २०२५ साल देखी रथयात्राको रुपमा परिणत गरिएको हो । भारतको जग्गनाथपुरीपछिको एसिया कै दोस्रो ठूलो रथयात्राको रुपमा मानिदै आएको छ । रथ यात्रा आममानिसको आध्यात्मिक चेतनाको अभिर वृद्धि विश्ववन्धुत्वको भावना, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावको प्रतिकको रुपमा स्थापित ऐतिहासिक रथयात्रा हेर्न हामी पनि तपाईहरुलाई आग्रह गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्