पटकेडाँडा धार्मिक तथा पर्यटकिय महोत्सवमा ५० लाखको कारोवार

<span class='c1'>पटकेडाँडा धार्मिक तथा पर्यटकिय</span> <span class='c2'>महोत्सवमा ५० लाखको कारोवार</span>

धनकुटा, १७ भदौ ।
तेह्रथुम र धनकुटाको सिमानामा रहेको पटके डाडाँमा भएको धार्मीक तथा पर्यटकीय महोत्सबमा ५० लाख भन्दा बढीको कारोवार भएको छ ।
पटकेडाँडा जाऔ धार्मिक पर्यटन प्रबद्र्धनमा सहभागी होऔ भन्ने नाराका साथ सम्पन्न भएको पटकेडाँडा धार्मीक तथा पर्यटकीय महोत्सबमा ५० लाख भन्दा बढीको कारोवार भएको हो । तीन दिन सम्म सञ्चालन भएको महोत्सवमा २० हजार पर्यटकले अबलोकन गरेको आयोजक समितिका अध्यक्ष होम रायले बताए । कोशी पहाडी सडकले छोएको धनुकुटा र तेह्रथुमको सिमानामा रहेको पटकेडाँडामा स्थानीय सरकारले पहिलो पटक धार्मीक तथा पर्यटकीय महोत्सब आयोजना गरेको हो । महोत्सवमा स्थानीय जातका परिकार देखि लिएर विभिन्न जातजातीका संस्कृति झल्कने नाच पनि प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्