महिला संघ मोरङले दियो, मिसेस तिजको उपाधि निलम शर्मालाई

<span class='c1'>महिला संघ मोरङले दियो, मिसेस</span> <span class='c2'>तिजको उपाधि निलम शर्मालाई</span>

विराटनगर, १७ भदौ ।
महिला संघ मोरङले तिज पर्वको अवसर पारेर आयोजना गरेको “मिसेस तिज ” को उपाधि निलम शर्माले हात पारेकी छिन् । चौध महिलाले प्रतिस्पर्धा गरेको मिसेस तिजमा उँना रेग्मी द्धितिय र सूची चौधरी तृतीय भएकी छन् । विगत ६ बर्षदेखि विराटनगरमा मिसेस तिज प्रतियोगित हुदै आएको छ ।
कांग्रेसमा आवद्ध महिलाहरूलाई उत्साहित बनाउन मिस तिजको कार्यक्रम गर्दै आएको नेपाल महिला संघ मोरङकी सचिव प्रमिला थापाले बताईन् । गत बर्ष विराटनगरकी अञ्जु दाहालले उपाधि जितेकी थिईन् । प्रतियोगितमा प्रथम निलम शर्मालाई गत बर्षकी विजेता दाहालले ताज लगाएकी थिईन् ।
विरेन्द्र सभागृहमा आयोजना गरिएको कार्यक्रममा नृत्य , गीत लगायत प्रस्तुत गरिएको थिए । कार्यक्रममा पत्रकारिता क्षेत्रमा सक्रिय महिला पत्रकारहरू सुशीला पाठक , भारती उपाध्याय , तारा आचार्य र मिना विश्वासलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्