इनरुवामा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि

<span class='c1'>इनरुवामा सर्पदंशको बिरामीको</span> <span class='c2'>सङ्ख्यामा वृद्धि</span>

इनरुवा भदौ १७ । जिल्ला अस्पताल इनरुवा सुनसरीमा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा चालु आवको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा बिना शाक्यले जानकारी दिनुभयो ।

अस्पतालमा स्नेक बाइट पोजेटिभ १६ जनाको सङ्ख्यामा आएकामा १४ को सफल उपचार भएको र दुईको मृत्यु भएको अस्पतालले जनाएको छ । दुई बिरामी समयमा नआएकाले मृत्यु भएको जिल्ला अस्पताल इमर्जेन्सी कक्षका इन्चार्ज गुणानन्द झाले जानकारी दिनुभयो ।

त्यसैगरी अस्पतालमा ५९ स्नेक बाइट नेगेटिभ आएको अस्पतालले जनाएको छ । नेगेटिभ आएका बिरामीको सफल उपचार भएको अस्पतालले जनाएको छ । मौसममा आएको परिवर्तन, वर्षालगायतका कारणले सर्पको बिगबिगी बढेकाले सर्पदंशका बिरामी अस्पतालमा बढेको इन्चार्ज झाले बताउनुभयो ।

अस्पतालमा सुनसरी जिल्लाका विभिन्न ग्रामीण क्षेत्रबाट बिरामी आउनुका साथै भारतबाट समेत सर्पदंशका बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ । एक महिनाको अवधिमा भारतबाट तीन सर्पदंशको बिरामी अस्पतालमा आएको इन्चार्ज झाले बताउनुभयो । अस्पतालमा सर्पदंशको बिरामीलाई प्रयोग गर्ने औषधिसमेत पर्याप्त मात्रामा अहिले रहेको अस्पतालका मेसु डा शाक्यले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्