पहिरोले पुरिँदा एकै घरका ३ बालबालिका बेपत्ता

<span class='c1'>पहिरोले पुरिँदा एकै घरका</span> <span class='c2'>३ बालबालिका बेपत्ता</span>

सल्यान,१८ भदाै । सल्यानको बागचौर नगरपालिका–१२ ओख्रेनीमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना बालबालिका बेपत्ता भएका छन् । ओख्रेनीको बालाराम डाँगीको घर पुरिँदा उनकी ८ वर्षीया छोरी ललिता डाँगी, ५ वर्षीय छोरा दीपक डाँगी र ४ वर्षीया छोरी मेनुका डाँगी बेपत्ता भएको बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले  जानकारी दिए ।डाँगी दम्पत्ति भैंसी दुहुन गोठमा गएको बेला घर माथिबाट आएको पहिरोले पुरिँदा घरभित्र रहेका ३ जना बालबालिका बेपत्ता भएका हुन् । उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरिएपनि घटनास्थल धेरै टाढा भएकाले उद्दारमा कठिनाइ भइरहेको नगर प्रमुख बुढाथोकीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानले पहिरोमा पुरिएकाको उद्दारका लागि इलाका प्रहरी कार्यालय थारमारे र सिनखोलीबाट १–१ गरी २ वटा टोली परिचालन भएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्