रथयात्रालागि विराटनगरका सडकमा रहेका अवरोध हटाईँदै

<span class='c1'>रथयात्रालागि विराटनगरका सडकमा</span> <span class='c2'>रहेका अवरोध हटाईँदै</span>

विराटनगर, १८ भदाै ।  विराटनगर महानगरका मेयर भीम पराजुलीले रथयात्रा अगावै सडक क्लियर बनाइने र रथयात्रालाई व्यवस्थित बनाइने बताएका छन् । सोमवार विहानै बाटो अनुगमनका क्रममा मेयर पराजुलीले रथयात्रा अगावै बाटोमा रहेका सवै अवरोधहरु हटाउने र रथयात्रा ब्यवस्थित बनाउन अधितम प्रयास गरिने बताए ।  मेनरोडमा कुनैे समस्या नभए पनि हाइ वे का केही स्थानमा समस्या रहेको भन्दै त्यसको समाधानका लागि पहल भइरहेको बताए । राधाकृष्ण धर्मशाला तथा राधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले रथयात्रा सहजरुपमा सम्पन्न गरिने बताए ।  सडकका अधिकांस समस्या समाधान भइसकेको साथै रथयात्राका लागि आबश्यक सवै प्रक्रिया पुरा भएको जानकारी दिए ।  केहिदिन अघिदेखी राधाकृष्ण रथयात्राकै लागि रुट क्लियर गर्ने, खाल्डा खुल्डि पुर्ने र पिच गर्ने कार्य भइरहेको छ । यस्तै व्यापारिक विस्तार आयोजना(सिक्सलेन) का प्रमुख विनोद कुमार मौवारले रथयात्राका लागि सिक्सलेन परियोजनाले भरपुर सहयोग गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्