ऐतिहाँसिक रथ यात्राको ५१ औं सस्करणकाे प्रत्यक्ष प्रशारण आवर विराटनगर डट नेटबाट..

<span class='c1'>ऐतिहाँसिक  रथ यात्राको ५१ औं सस्करणकाे</span> <span class='c2'>प्रत्यक्ष प्रशारण आवर विराटनगर डट नेटबाट..</span>

विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्रा आज दिउँसो ३ बजे निस्कँदैछ । अहिलेसम्म रथको सम्पुर्ण तयारी पुरा भईसकेको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुने ओाजकले जनाएकोछ ।
यसैविच आवर विराटनगरले विभिन्न स्थानबाट प्रत्यक्ष प्रशारण गर्दैछ । विराटनगरदेखि बाहिर रहेका आम पाठक तथा दर्शकलाई सजिलो गराउन आवर विराटनगरले प्रत्यक्ष प्रशारण गर्न लागेको हो । आवर विराटनगरले विराटनगरको राधाकृष्ण मन्दिर , जलजला चोक, ट्राफिक चोक र महेन्द्रचोकबाट प्रत्यक्ष प्रशारण गर्ने आवर बिराटनगरका निर्देशक बिवेक दाहालले बताए ।
सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको छ । रथको अग्रभागको दायाँ र बायाँ गरी दुबैपट्टि ७५ फिट लामो रथ तान्ने लठा निर्माण गरिएको अध्यक्ष बाबुराजा ओझाले बताए ।
रथको दायाँ लठ्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ । ५१ औं रथयात्राको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गी भारतबाट ल्याइएको र रथयात्रा मार्गमा हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइने रहेको छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरू र प्रदेश १ प्रहरीको बैण्ड साथमा ड्रोन क्यामाराबाट सुरक्षा निगरानी गरिने जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्