रथयात्रामा निस्किएको फोहोर ब्यवस्थापन गरिँदै, विराटनगरका मेयर पराजुली पुगे फोहर उठाउन

<span class='c1'>रथयात्रामा निस्किएको फोहोर ब्यवस्थापन गरिँदै, विराटनगरका</span> <span class='c2'>मेयर पराजुली पुगे फोहर उठाउन</span>

विराटनगर, १९ भदौ ।
विराटनगरको राधाकृष्ण रथयात्राका क्रममा निस्केको फोहरमैलाको तत्काल व्यवस्थापन गरिएको छ । जसका लागि विराटनगरका विभिन्न संस्थाहरु जुटेका थिए । पाइला परिवर्तनका लागि ,समाजको लागि हामी ,जीवनदृष्टि पुर्नस्थापना केन्द्र र महानगर पालिकाको साझेदार संस्था फोहर व्यवस्थापन परियोजना समेत फोहर उठाउन जुटेका थिए । फोहर व्यवस्थापनमा जुटेका युवाहरुमाझ पुगेका विराटनगर महानगरका मेयर भीम पराजुलीले फोहर संकलन अभियानमा सहभागी युवाहरुलाई हौस्याउँदै आफै फोहोर उठाउन लागेका थिए ।
रथयात्राको पछि तीनपैनीवाट शुरु भएको फोहर संकलन अभियानमा मेयर पराजुली मात्र थिएनन् युवा अभियानकर्मीपनि थिए । यो क्रम विराटनगरको जलजला मोडसम्म पुग्यो । सफासुन्दर बनाउने अभियानमा जुटेका युवाहरुलाई फोहर संकलन गर्न धेरै समयनै लागेन । सेवा भावका साथ खुवाइएको पानीका बोतल, प्लाष्टिकका कप र अन्य प्लाष्टिक जन्य सामाग्री सडकभरी फालिएको थियो । तीनै सामाग्री उठाउदै हिडेको युवाहरुको समूह केही वर्षयता धार्मिक कार्यक्रम तथा समाजिक कार्यमा सहभागी हुदै आएका छ । पाइला परिबर्तनका प्रकाश सुव्वा ,समाजको लागि हामीका रोनाल कडेल र जीवनदृष्टि पुनर्रस्थापना केन्द्रका जय देवकोटा लगायतको नेतृत्वमा खटिएका युवाहरुले विराटनगरलाई स्वच्छ र हराभरा बनाउन लागि सबै लाग्नु पर्ने बताए । राथयात्रा सँगै फोहोर उठाउन पुगेका मेयर पराजुलीले फोहोर ब्यवस्थापनको लागि एउटा ब्यक्ति तथा संस्थाको भन्दा पनि आम नागरवासीको भुमिका महत्वपुर्ण हुने भएकोले फोहोर ब्यवस्थापनको लागि सबै लाग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्