आन्दोलन फिर्तापछि विराटनगरकाे कोशी अञ्चल अस्पतालमा विरामीकाे चाप ( फोटो फिचर सहित)

<span class='c1'>आन्दोलन फिर्तापछि विराटनगरकाे कोशी अञ्चल अस्पतालमा</span> <span class='c2'>विरामीकाे चाप ( फोटो फिचर सहित)</span>

 

प्रेम देवान,
विराटनगर, १९ भदौ । विगत ३ दिनदेखि अस्पतालका ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिए चिकित्सकहरु काममा फर्किएपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ । नेपाल चिकित्सक संघको अगुवाईमा आन्दोलन शुरु गरेका चिकित्सकहरुले आन्दोलन फिर्ता लिएसंगै अस्पतालहरुमा बिरामीको चाप बढेको हो । चिकित्सक संघले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधी ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने माग राखेर केही समयदेखि आन्दोलन गर्दै आएको थियो ।
सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सोमबार ३ बुँदे सहमति भएपछि अचोपिडी सहितको आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । डाक्टरहरुले मुलुकभरका अस्पतालका आकस्मिक सेवा वाहेक अन्य ओपिडी सेवा बन्द गरेपछि विरामीले सास्ती खेप्दै आएका थिए ।
आजदेखि डाक्टरहरु काममा फर्कन थालेपछि कोशी अञ्चल अस्पतालमा विरामीको चाप बढेको हो । गत आईतबार विरामी भएर अस्पताल पुगेका सबै विरामीलाई फिर्ता गराईएको थियो । अहिले कोशी अञ्चल अस्पतालमा विराटनगरमा दैनिकी एक हजार बढी ओपीडी सेवाको लागि आउने गरेको कोशी अञ्चल अस्पतालका मेसु रोशन पोखरेलले जानकारी दिए ।
दैनिक एक हजार बढीले कोही अञ्चल अस्पतालबाट पाउनुपर्ने ओबिडी सेवा पाउन सकेका थिएनन् । आजदेखि डाक्टर काम फर्कन थालेपछि विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा विरामीको घुईँचो लागेको हो । मेसु पोखरेलले एक्कासी बिरामीहरुको चाप बढ्था चिकित्सकलाई थेग्नै गाह्रो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्