संवाद समुह मोरङमा विराटनगरको ब्यवस्थापन देखि प्रदेशको नामसम्मको चर्चा

<span class='c1'>संवाद समुह मोरङमा विराटनगरको ब्यवस्थापन</span> <span class='c2'>देखि प्रदेशको नामसम्मको चर्चा</span>

विराटनगर, १९ भदौ ।
संवाद समुह मोरङको बैठकले एक नम्बर प्रदेशको नामको बारेमा थप गृहकार्य गरेर संवाद गर्ने निर्णय गरेको छ । एक महिनाको अबधिमा बिराटनगर महानगरपालिकाले बढाएको कर, प्रदेशको नाम तथा बिराटनगर जुटमिल्सको बारेमा संवाद थालेको समुहले अब तिनै बिषयलाई नितीगत तहसम्म लैजान काम गर्ने गरी समुह निश्कर्षमा पुगेको हो । नेकपाका नेता विनोद ढकालले करको बिषय गम्भीर रहेकोले महानगरबाट शुरु भएको यो बिषयले प्रदेशको कर ब्यवस्था कस्तो बन्ने भन्नेसम्म काम गर्न सकिने स्पष्ट पारे । उनले नेपाल सरकारको स्वामित्वमा रहेको जुटमिल्सको बिषय अहिले छारस्ट भएर आएकोले यो बिषयलाई संवादको माध्यामबाट अगाडी बढाउन सके राज्यको सम्पतिको संरक्षण हुने बताए ।

स‌म्वाद समुहकाे वैठकत्यस्तै प्रदेश सभा सदस्य जयराम यादवले संवादको कामको थालनि नै सकारात्मक खालको भएकोले यो संवाद मार्फत प्रदेशको नामको बिषय शुरु हुनु नै सबैको भावनालाई छलफल गर्ने माध्यामको रुपमा स्थापित भएको उल्लेख गरे ।
उनले करको बिषय महानगरपालिकासँग मात्र जोडिनु भन्दापनि सबै स्थानीय तहलाई समेटेर लैजानु पर्नेमा जोड दिँदै अब संवाद समुहले पहिलो चरणमा मोरङ जिल्लाका १७ वटा स्थानीय तहका अध्यक्ष तथा मेयरलाई बोलाएर छलफल थालिने बताए । संवाद समुहले समाजमा देखिएका विवादको निरुपणकालागि काम गर्ने भन्दै उनले अबको संवाद ६ लेन सडकमा राखिएको आयल निगमको ट्याङ्कर ब्यवस्थापनको बिषयमा पनि केन्द्रीत हुनुपर्ने बताए ।
संवाद समुहका सदस्य तथा प्राध्यापक चन्द्र उपाध्यायले अहिलेसम्म भएका कामको बिषयमा समिक्षा गर्दै करको बिषय आम नागरिकसँग जोडिएको बिषय भएकोले अहिले स्थानीय तहले निर्धारण गरेका करका दरहरु किन र केको लागि भन्ने स्पष्ट नभएको अबस्थामा सबैले कर तिर्नुपर्छ भन्ने भावना जगाउने गरी स्थानीय सरकारहरुले करको दर ल्याउने गरी संवाद समुहले काम गर्नेमा आफु विस्वस्त रहेको बताए ।
पछल्लो समय बिराटनगरमा देखिएको अस्तब्यस्तताको बिषय पनि संवाद समुहको बैठकमा उठेको छ । संवाद समुहको बैठकमा कुरा उठाउँदै संवाद समुहका सदस्य तथा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष मुकेश उपाध्यायले बिराटनगरको अस्तब्यस्तलाई ब्यवस्थित गर्न सबै सरोकारवालाको साझा धारणा तय गर्न संवाद समुहले काम थाल्नु पर्ने बताए । विकासका एजेण्डाका बिषयहरुमा पनि छलफल शुरु भएको छ। संवाद समुहका सदस्य राजु श्रेष्ठले प्रदेश सरकारले सार्बजनिक विदा दिएपनि प्रदेशका कतिपय कार्यालयले अटेर गरेको तथा सार्वजनिक निकाय भित्र कुनैले पनि नदिएको बारेमा पनि संवाद चलाइनु पर्ने बताए ।
कार्यक्रममा सिमा आभास, लिला रिजाल, निरा भगत, राजु श्रेष्ठ, मोहम्मद कादिर, सोमराज थापा, डा सोम खतिवडा, कविता दाहाल लगायतले संवाद बिषय केन्दीत छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्