पारस र हिमानी एउटै मञ्चमा : छुट्टाछुट्टै आए, ‘सी यू’ भन्दै बिदा भए

<span class='c1'>पारस र हिमानी एउटै मञ्चमा : छुट्टाछुट्टै</span> <span class='c2'>आए, ‘सी यू’ भन्दै बिदा भए</span>

गाेरखा, २१ भदाै । पालुङटारको व्यस्त वजार ठाँटीपोखरी नजिकैको विद्यालयमा भवन उद्घाटनसहित वक्ताहरुले पुनर्निर्माण लगायतका विषयमा गम्भीर भनाई राखिरहे पनि सहभागी धेरैको ध्यान भने पारस र हिमानी शाहतर्फ थियो । मञ्चको बीच भागमा कोमल शाह र उहाँको बायाँतर्फ पारस र दायाँतर्फ हिमानी बसेका थिए । कुनै बेला पारस र हिमानीको सम्बन्ध चिसिएको चर्चा सुनेका सहभागी विद्यार्थी, अभिभावकलगायतको चासो उनीहरुले संवाद गर्लान् नगर्लान् र गरिहाले के भन्लान् भन्नेमा रहेको बुझ्न सकिन्थ्यो ।बीचमा कोमल शाह भएकाले उनीहरुले मञ्चमै त कुराकानी गर्न पाएनन् तर एक अर्कालाई हेरेर बेलाबेला मुस्काइरहेका देखिन्थ्यो । मञ्चको औपचारिक कार्यक्रमको बीचमा भवन उद्घाटनको पालो आयो । मञ्चको पछाडि रहेको भवन उद्घाटनका लागि प्रमुख अतिथि कोमलसहित पूर्वराजपरिवारका सदस्य, जापानी राजदूतलगायत पाहुनाहरु त्यसतर्फ लागे ।सबैको प्रतीक्षा अनुसार उद्घाटनका लागि जाँदै गर्दा बाटोमा पारस र हिमानीले कुराकानी गरे । सहभागीहरु त्यही दृश्य आफ्ना मोबाइलमा तँछाडमछाड गरिरहेका थिए । उद्घाटन सकेर मञ्चमा फर्कने बेलामा पनि उनीहरु सँगै परे र कुराकानी गर्दै अघि बढे । त्यतिबेला उनीहरु दुवैजना एक अर्कालाई हेर्दै मुस्कुराएका थिए । दुवै जना कार्यक्रममा सहभागी हुन काठमाडौंबाट छुट्टाछुट्टै आएका हुन् ।

पारस आज बिहान काठमाडौंबाट हेलिकप्टर चढेर बहिनी प्रेरणा, काका धिरेन्द्रका छोरीहरु शितास्मा र दिलासासहित पालुङटार ओर्लिएका थिए ।  हिमानी भने सासू कोमल शाहसहित हिजो काठमाडौंबाट मुग्लिनस्थित एक रिसोर्टमा बसेर आज बिहान पालुङटार पुगेका हुन।

कार्यक्रम सकेर उनीहरु फेरि छुट्टाछुट्टै बाटो भएर काठमाडौं फर्किए । छुट्ने बेला हिमानीले पारसलाई नमस्कार गरिन्, पारसले नमस्कार फर्काउँदै मन्द मुस्कानसहित ‘सी यू’ भने । १० वर्षयता पारस र हिमानी शाह सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । पारस ७ वर्ष थाइल्याण्डमा बसेर ३ वर्षअघि काठमाडौं फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्