यसरी भएको थियो झापाका ब्यापारी पौडेलको हत्या

<span class='c1'>यसरी भएको थियो झापाका</span> <span class='c2'>ब्यापारी पौडेलको हत्या</span>

दमक भदौ २६ । झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीका कपडा व्यवसायी खेमराज पौडेलको हत्या भएको  हत्या भएको छ । स्थाई घर कमल गाउँपालिका–६, मंगलबारेका भएका ३८ वर्षीय पौडेलको सोमबार राति छुरा प्रहार गरि हत्या भएको प्रहरीले बताएको छ । झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार घटनाको आसङ्कामा ‘एक जनालाई पक्राउ गरेको छौँ । इलाका प्रहरी कार्यालय, गौरीगञ्जमा उनलाई राखेर अनुसन्धान गरिरहेका छौं ।’

गौरीगन्ज वडा नम्बर–६, बाहसुद्दीस्थित विनोद यादवको धानखेतनजिक नालामा मंगलबार बिहान उनको शव फेलापरेको गौरीगन्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।

घटनास्थलमा मे प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल, ब्यागसमेत फेलापरेको छ ।

यसरी भएको थियो हत्या : 

सोमबार बेलुका पौडेल उनकी श्रीमतीसँगै गौरीगन्ज बजार आएका थिए । साँझ करिब ६ बजेतिर श्रीमतीलाई एक नास्ता पसलमा ‘एकछिन बस्नू’ भनी हिँडेका पौडेल राति ९ बजेमात्र अपहरणमा परेको खबर आएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रहरीले राति अबेरसम्म पौडेलको खोजी गरेपनि फेलापार्न सकेको थिएन । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको जनाइएको छ ।

उक्त घटनामा प्रहरीले एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्