रंगेलीको मुहार फेरिने योजनाको काम कमशल, नाली बनाएको एक महिना नहुँदै भत्कियो

<span class='c1'>रंगेलीको मुहार फेरिने योजनाको काम कमशल,</span> <span class='c2'>नाली बनाएको एक महिना नहुँदै भत्कियो</span>

रविन्द्र बराल,
रंंगेली, २६ भदौ । मोरङको रंगेली नगरपालिका ७ अस्पताल चौक नजिकै निर्माणकोे काम धमाधम भएको जस्तो देखिन्छ । तर त्यही बनाउँदै गरेको नाला पनि भत्किएको छ । नाला वनाउने काम सुरु गरेको एक महिना भयो तर काम कमशल छ । नालामा कमसल ईट्टा , बालुवामा सिमेन्टको मात्रा पनि कम भएको कारण नाला भत्किएको स्थानीयको आरोप छ ।
निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले नाला निर्माणको ठेक्का लिएको हो । नाला बनाउदा सबै भन्दा पहिले नालामा ३ नम्बर र २ नम्बर ईट्टाको समेत प्रयोग भएको पाईएको छ । जमिनको लेभलमा २ नम्बर र ३ नम्बर ईँटा प्रयोग हुँदा त्यो भन्दा माथि मात्र ढलान गरिएको स्थानीयले जानकारी दिए ।
तर नाला बनाउन नपाउदै भत्किए पछि स्थानीयमा आक्रोश बढेको छ । नाला बनाउन नपाउदै भत्किए पछि अवका दिनहरुमा कसरी काम राम्रो होला भन्ने चासो समेत बढ्दै जानथालेको छ । मुख्य बजारमा नाला बनाउने काम द्रुतगतिमा सुरु पनि यसरी नाला भत्किए पछि बाटो निर्माणको कामको बिषय पनि आशंकाको घेरामा तानिएको छ ।
मुख्य बजारको सय बर्ष पुराना घरहरु भत्काएर निर्माण थालिएको सडक र नाली निर्माणको कामले आम नगरवासीमा केही आशा पलाएको भएपनि सुरुमै कमसल काम भएको पाईएपछि निराश भएका छन् ।

हुलाकी राजमार्ग परियोजनाका प्रमुख विजय कुमार महतका अनुसार उक्त सडकको सुपरभिजन भरतिय पक्षको हुने भएकोले कमशल कामको बारेमा उनीहरुलाई जानकारी गराउने बताए । नालीको निर्माणसँगै निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले सोही सडकमा सडकको कालोपत्रेको काम समेत थालेको छ ।
रंगेलीदेखि कानेपोखरीसम्म २४.४ किलोमिटर रहको उक्त सडकको लागत ७० करोड २४ लाख३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ । २०७४ असार ६ गतेदेखि निर्माणको काम शुरु गरेको ठेकेदार कम्पनीले २०७६ असार ५ गते काम सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । रंगेलीको मुख्य बजारमा ६५ फिट भित्रमा नै नाला बनाउन लागेसँगै अब रंगेली बजार भित्रको सडक पनि ६५ फिट नै कायम हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्