काठमाडौँ । फिल्म ‘कथा काठमाण्डू’ को अश्लिल दृश्य सहितको प्रोमो हटाउन विकास वोर्डले पत्राचार गरेको छ ।
फिल्म ‘कथा काठमाण्डू’ निर्माण गरेको कम्पनी आर.सि.पिक्चर्स प्रा.लि र आहाना फिल्मस् प्रा.लि लाई युट्युवमा अश्लिल दृश्य सहितको प्रोमो हटाउन पत्राचार गरेको हो । पत्रमा यस्तो प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले उक्त फिल्मको प्रोमो हटाइ सोको लिखित जानकारी समेत वोर्डलाई उपलब्ध गराउनु पर्ने उल्लेख छ ।
अन्यथा भए नियम बमोजिम कारबाही समेत हुने पत्रमा लेखिएको छ ।
https://www.youtube.com/watch?v=s_57rsKUPjU