बिराटनगर भदौ ३१ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगर तथा ग्रामिण विकास फाउन्डेशन, अभियान नेपाल र कमल गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ । कमला मदन आश्रित स्मृति मा. वि, क्याम्पा बजारकोे प्रांगणमा आयोजित उक्त शिविरमा ७०० भन्दा बढी बिरामीहरुले प्रत्यक्ष सेवा लिएका थिए ।
उक्त शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलका बरिष्ठ चिकित्सकहरु डा. वीरेन्द्र कुमार विष्ट, डा. यम बहादुर रोका, डा. सुदीप खनिया, डा. राजीव श्रेष्ठ, डा. केशर बहादुर गुरुङ्ग, डा. नारायणी रोका, डा. रेनुका राठी, डा. सुरेश प्रसाद साह, डा. अमित प्रताप साह, डा. मोहन कार्की तथा मेडिकल अधिकृत हरु डा. फडिन्द्र मण्डल, डा. जय शंकर मेहता, डा. अनुज श्रेष्ठ, डा. जंग बहादुर चापागाई, द्वारा बिरामीहरुलाई प्रत्यक्ष सेवा पु¥याउनुका साथै करीव रु दुई लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो । शिविरमा बालक देखि वृद्ध सम्मका विरामीहरुको सहभागिता थियो । जसमा मधुमेह रगत परिक्षण तथा फिजियोथेरापी पनि गरिएको थियो ।
दाँतको समस्या भएका केहि विरामीहरुको दाँत निकाल्ने काम पनि गरिएको थियो । शिविरमा अधिकतम मस्तिस्क तथा नशारोग, हाडजोर्नी, दाँत रोग, जेनेरल सर्जरी तथा आखाँ रोग सम्वन्धी बिरामीहरु बढी मात्रामा सहभागी भएका थिए ।
जनचेतना फैलाउने उदेश्यले आयोजित उक्त शिविरको दौरान विभिन्न रोग सम्वन्धी जानकारी एवम् सावधानी अपनाउनु पर्ने जानकारी मूलक सामग्रीहरु समेत बिरामीहरु तथा सर्वसाधारणमा वितरण गरिएको सम्वन्धमा अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले जानकारी गराउनु भयो ।