बुढीगंगामा रक्सीको बिषयमा यसरी हत्या गरेका थिए होटल संचालकले महानन्दको

<span class='c1'>बुढीगंगामा रक्सीको बिषयमा यसरी हत्या</span> <span class='c2'>गरेका थिए होटल संचालकले महानन्दको</span>

विराटनगर, ३१ भदौ ।
भदौ २२ गते राती प्रहरी प्रहरी टोली गस्तीमा निस्किएको थियो । एक ब्यक्ति सडकको डिलमा लडि रहेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले बुढिगंगा गाउपालिका वडा नं. १ स्थित कोशी राजमार्गमा करिब ५० बर्षका मानिस घाईते अवस्थामा छट्पटिएको देखेपछि प्रहरीले ति ब्यक्तिलाई राती नै कोशी अञ्चल अस्पताल पुर्यायो । तर उनको उपचार कै क्रममा अस्पतालमा मृत्यु भयो । यो घटना कसरी भयो त प्रहरीको निकै टाउको दुखाईको बिषय बन्यो । घटना सम्बन्धमा अनुसन्धान गर्दा निज मृतक जिल्ला सुनसरी हरिनगरा गाउपालिका वडा नं. ३ बस्ने बर्ष ५० को महानन्द साह भएको जिल्ला प्रहरी कार्यालयले तथ्य पत्ता लगायो ।
मृतक महानन्दलाई बुढिगंगा गाउपालिका ३ बस्ने बर्ष ६० को धनपाल सरदारको होटलमा मादक पदार्थ सेवनगर्ने क्रममा विवाद भएपछि उनीमाथि कुटपिट भएको पाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । होटलमा विवाद हुँदा होटल संचालक धनपाल सरदार समेतले कुटपिट गरी घाईते बनाएको, उनको छोरा ४० बर्षको बाबुचन सरदार र ५० बर्षिय छिमेकी बिनोद सरदारले सिटि रिक्सामा राखी कोशी राजमार्गमा ल्याई छाडी दिएको भन्ने खुल्न आएको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । उनले घटनाको बिषयमा अनुसन्धान पछि संलग्न तिनैजनालाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई बुढिगंगा गाउपालिका ३ बाट पक्राउ गरी कर्तब्य ज्यान अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्