दशैंलाई धमाधम टिकट बुकिङ गराउँदै विमान कम्पनी

<span class='c1'>दशैंलाई धमाधम टिकट बुकिङ</span> <span class='c2'>गराउँदै विमान कम्पनी</span>

काठमाडौं, ३१ भदाै । नेपालीहरूको महान पर्व दशैंलाई मद्देनजर गर्दै आन्तरिक उडान भर्ने विमान कम्पनीहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् ।बुद्ध एयर, तारा एयर, यति एयर, श्री एयर, सौर्य एयर लगायतका विमान कम्पनीहरूले दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ गराइरहेका हुन् ।

गत दशैंमा करीब एक लाख मानिस हवाई रुट हुँदै राजधानीबाट बाहिरिएका थिए ।खासगरी लामो दूरीमा हवाई मार्गको बढी प्रयोग भएको पीएस ट्राभल एजेन्सी धनगढीका प्रबन्ध निर्देशक पदमविक्रम शाह बताउँछन् । काठमाडौंबाट धनगढीको रुट लामो मानिन्छ ।रेमिट्यान्स र बढ्दो औद्योगिकरणका कारण विस्तारै सुदूरपश्चिमको जनजीवन आर्थिक रूपमा सुधारोन्मुख रहेको संकेत पनि हवाई मार्गको बढ्दो यात्रा भएको शाह बताउँछन् ।अन्य हवाई मार्गमा पनि अत्यधिक चाप देखिएको वायु सेवा सञ्चालक संघले जनाएको छ ।

विमान कम्पनीहरूले नेपालीको महान पर्व दशैंलाई लक्षित गरी प्रतिस्पर्धात्मक रूपमा आन्तरिक भाडा पनि  घटाएका थिए ।उसो त पछिल्ला वर्षहरूमा आन्तरिक रूपमा हवाई यात्रा गर्ने यात्रुको संख्या पनि बढ्दो छ ।पछिल्ला २ वर्षमा नेपाली आन्तरिक हवाई आकाशमा यात्रा गर्नेको संख्या करीब २० प्रतिशतले बढिरहेको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्