विराटनगर महानगरपालि भित्रै हुन्छ अबैध सामानकाे चाेरी तस्करी, साढे ४ लाख सामान बरामद

<span class='c1'>विराटनगर महानगरपालि भित्रै हुन्छ अबैध सामानकाे चाेरी</span> <span class='c2'>तस्करी, साढे ४ लाख सामान बरामद</span>

विराटनगर, १ असाेज । विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले   साढे ४ लाख बढी मूल्य बराबरको अवैध सामान भन्सार बुझाएको छ ।   महानगरपालिका-१८ स्थित रेल्वे स्टेशन छेउबाट प्रहरीले ३ लाख ५१ हजार मूल्य बराबरको लत्ता-कपडा सहित मोरङ कटहरी गाउँपालिका-३ का २४ बर्षीय निरज कामत र संजय कामतलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतीय वजार जोगवनीवाट अवैध रुपमा भन्सार छली गरी को.२३ प ९५७० नम्बरको मोटरसाईकलमा नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उक्त मूल्य बराबरको लत्ता-कपडा बरामद गरेको हाे ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय रानी, ईलाका प्रहरी कार्यालय बुधनगर, सिमा प्रहरी चौकी रानी र  अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले अवैध रुपमा भारतीय बजारबाट भन्सार छली गरि नेपाल तर्फ ल्याउँदै गरेको १ लाख ३ हजार १ सय ५४ रुपैँया मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा, गाडीको पार्टस् लगायत नेपालबाट भारत तर्फ लैजाँदै गरेको ७५ किलो मरिच बरामद गरेको छ। बरामद सामान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्