स‌ंविधान दिवसको पुर्वसन्ध्यामा विराटनगरमा कतै भोज, कतै परेड (यस्तो देखियो)

<span class='c1'>स‌ंविधान दिवसको पुर्वसन्ध्यामा विराटनगरमा कतै</span> <span class='c2'>भोज, कतै परेड (यस्तो देखियो)</span>

प्रेम देवान
विराटनगर, २असोज । एक नम्बर प्रदेश सरकारले भोलीदेखि अस्थायी राजधानी विराटनगरमा ३ दिनसम्म संविधान दिवस मनाउने तयारी छ । पहिलो पटक प्रदेश सरकारले भब्य रुपमा संबिधान दिवस मनाउने तयारी गरेको हो । नेपालको संबिधान २०७२ लाई पहिलो पटक बिशेष कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले संबिधानको बारेमा आम नागरकलाई बुझाउने प्रयास गरेको हो । प्रदेश सरकारले विराटनगरमा ऐतिहाँसिक रुपमा मनाउने भनेर  भईरहँदा सविधान सभाको पूर्वसन्ध्यमा भोज भतेर तथा सविधान दिवस मनाउन परेडको पुर्ब अभ्यास भईरहेकाे थियाे ।

भोजदेखि परेडसम्म
असोज ३ गते विराटनगरमा मनाउन लागिएको सविधान दिवसको पूर्व सन्ध्यामा एक नम्बर प्रदेशका सभामुख गोविन्द बहादुर तुम्वाहाङले प्रदेश मातहतका मन्त्री तथा संसादहरुलाई बोलाएर जलपान गराएका छन् ।
प्रदेश एकका मुख्य मन्त्रीदेखी मन्त्री, सासद, राजनितीक दलका नेताहरुको बाक्लो उपस्थितीमा जलपान गराएका हुन । प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरु भोजमा ब्यस्त भईरहँदा यता सहदि मैदानमा भने सुरक्षा निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरु भोलीको लागि तयारीमा ब्यस्त थिए ।

सविधान दिवसको पूर्व सन्ध्यामा सुरक्षाकर्मीहरु शहिद रंगशालामा पूर्व तयारीको परेड अभ्यासमा थिए । नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरीले संबिधान दिवसको अवसरमा एक नम्बर प्रदेशमा महत्वपुर्ण कार्यक्रमका बिच आफ्नो भब्य प्रस्तुती देखाउने तयारी गरेका हुन ।
नेपाल प्रहरीले भोली सूर्योदयका साथ बिगुल बजाउँदै संविधान दिवसको भब्य स्वागत गर्ने छ । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मुल समारोह समिती गठन गरी ३ दिनसम्म विभिन्न कार्यक्रमका बिच सविधान दिवस मनाउने तयारी गरिएको छ । आजै देखि शुरु भएको संबिधान दिवसलाई भोली र पर्सी ३ दिन नै भब्य रुपाम बनाउने तयारी भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्