विराटनगरमा जापानका कलाकारहरु यसरी रमाए ( फोटो फिचर )

<span class='c1'>विराटनगरमा जापानका कलाकारहरु यसरी रमाए</span> <span class='c2'>( फोटो फिचर )</span>

प्रेम देवान,
विराटनगर, २ असोज । विराटनगर १९ मा रहेको यु मि स्कुलमा जापानिज कलाकार विभिन्न सांस्कृति कार्यक्रममा रमाएका छन् । गत बर्ष बैशाखमा स्थपना भएको स्कुलले आज आयोजना गरेको यु मि फिष्टा २०१८ सास्कृतिक कार्यक्रमा जापानबाट आएका कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका छन् ।
कार्यक्रममा नेपालका माईकल ज्याक्सन उपनामले परिचित गायक धिरज राईले पनि आफ्नो प्रस्तुति दिएका थिए । धिरज राईले आफ्ना चर्चित आधा दर्जन जती गित गाएर विद्यार्थी तथा अविभावकलाई मनोरञ्जन प्रदान गरेका थिए । धिरज राईले गित गाईरहँदा जापानिज कलाकार पनि नाचेर साथ दिएका थिए ।
यसैविच कार्यक्रममा जापनिज कलाकारहरुले विभिन्न खेल तथा गित र नृत्यको माध्यमबाट विद्यार्थी तथा अविभावकलाई मनोरञ्जन दिए । स्कुलमा नर्सरीदेखि कक्षा ७ सम्म जापनिज प्रबिधिबाट पढाई हुदै आएको स्कुलका संचालक शरद राईले जानकारी दिए ।
स्कुलमा प्राईम लेवलको जापनिज पढ्न चाहने विद्यार्थीकोलागि छुट्टै कक्षा संचालन पनि गरिदै आएको राईले बताए । हाल स्कुलमा १७५ बढी विद्यार्थीहरु पढ्दै आएको स्कुलका निर्देशक प्रताप अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्