विराटनगर महानगरले बास्केटबल खेल मैदानकोलागि जग्गा दिने, अन्तर विद्यालय प्रतियोगिता सकियो

विराटनगर महानगरले बास्केटबल खेल मैदानकोलागि जग्गा दिने, अन्तर विद्यालय प्रतियोगिता सकियो

विराटनगर, ३ असोज । विराटनगरमा सम्पन्न दोस्रो संस्करणको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधी ईटहरीको विश्व आर्दशले हात पारेको छ । यसैगरी खेलको उप विजेता विराटनगरको विकेभिएम भएको छ । विराटनगर बास्केटबल एकेडेमीले आयोजनामा भदौ २७ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । बास्केटबल प्रतियोगिताका विजेता र उपविजेताले ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विराटनगर, ईटहरी तथा विराट चोकका ८ वटा टिमको सहभागिता रहेको थियो ।
बिजेता तथा उपबिजेतालाई पुरस्कार बितरण कार्यक्रममा विराटनगर महानगरपालिकाका मयेर भीम पराजुलीले वास्केटलव कोर्ट निर्माणको लागि महानगरले सहयोग गर्ने बताएका छन् । मेयर पराजुलीले विराटनगरमा सामुदायिक रुपमा बास्केट वल खेल्ने कोर्ट नभएको अवस्थामा महानगरले उचित स्थानमा जग्गा खोजेर बास्केटवल खेलमा सहयोग गर्ने बताए ।
विराटनगरका निजी बिद्यालय तथा क्याम्पस खेल मैदानमा बास्केटवलका लागी कार्ट भएता पनि सामुदायिक स्तरमा यस्ता कोर्टहरु छैन । विराटनगरमा बास्केट बल खेललाई पहिचान गराउनको लागि पनि खेल मैदानको अबस्यक पर्ने खेल क्षेत्रका ब्यक्तिहरुको गुनासोलाई ध्यानमा राखेर मेयर पराजुलीले सहयाग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रतियोगिताको समापनमा विराटनगर ६ मा रहेको टच डान्स स्टुडियोका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा प्रतियोगितामा सहयोग गर्ने संघसस्था तथा ब्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्